शनिबार बिहान ८ बजेतिर पोखरेल आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौंडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि दुर्घटनामा परेको हो ।
बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
अध्यक्ष पोखरेलको अचेत अवस्थामा हेटौंडा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उनको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको छ । अहिले पोखरेल खतरा मुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।