Advertisement
Skip This

चेपाङ संघ बागमतीको अध्यक्षमा खुसीलाल चेपाङ

३० बैशाख २०८२ (४ दिन अघि)

चितवन — चेपाङ संघ बागमतीको अध्यक्षमा पुनः खुसीलाल चेपाङ चयन भएको छ । संघकाे भरतपुरमा भएकाे दाेस्राे प्रदेश अधिवेशनबाट नयाँ कार्य समितिले पूर्णता पाएको हो । उपाध्यक्षमा सिगलाल चेपाङ र सचिवमा अर्जुन चेपाङ रहेका छन् ।

 

 

त्यसैगरी काेषाध्यक्षमा उद्धव चेपाङ, सह-सचिवमा राजकुमार चेपाङ चयन भए । कार्य समितिकाे सदस्यहरूमा दिनेश चेपाङ, दिवन चेपाङ, सन्तबहादुर चेपाङ, अस्मिता चेपाङ, मनिका चेपाङ, देवीमाया चेपाङ, मानबहादुर चेपाङ, इनाेज चेपाङ, अञ्चल चेपाङ, विष्णुलाल चेपाङ र नमुना चेपाङ रहेका छन् । प्रदेश अधिवेशनकाे नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गाेविन्दराम चेपाङले उद्घाटन गरेका थिए ।

 

नेपालकाे आदिवासी चेपाङ जातिको समुदाय सिमान्तकृत वर्गमा पर्छ  ।  संविधानमा व्यवस्था भए बमाेजिम स्वायत्त क्षेत्र माग गर्दै आए पनि सरकारले बेवास्था गरेको  केन्द्रीय अध्यक्ष गाेविन्दराम चेपाङले बताउनु भयो । राज्यले याे जातिकाे परम्परा र उद्यमसँग जाेडिएकाे चिउरीकाे रूख र चमेरा संरक्षणजस्ता अभियानका सााथै समय सान्दर्भिक अन्य योजना, कार्यक्रम र बजेट ल्याउनुपर्ने पनि उनले बताए ।

 

 

बागमती प्रदेशकाे चितवन, मकवानपुर र धादिङमा चेपाङ जातिकाे बाक्लाे बसाेबास छ । त्यसैगरी चितवनसँग नजिक रहेकाे गण्डकी प्रदेशकाे गाेरखा जिल्लामा पनि चेपाङ रहेका छन् । चेपाङ समुदाय प्रायजसाे विकट पहाडी भेगमा बसेबास गरेका छन् । नेपाल चेपाङ संघका अनुसार चेपाङ समुदायकाे कुल जनसंख्या ८४ हजार ३६४ छ । चेपाङ बसाेबास क्षेत्रमा हालसम्म पनि बाटाे, बिजुली, राम्राे विद्यालय र स्वास्थ्य निकायजस्ता आधारभूत पूर्वाधारहरूकाे अभाव रहेकाे चेपाङ समुदायका अगुवाहरु बताउँछन् ।

अन्तिम अध्यावधिक: ३० बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस