Advertisement
Skip This

मकवानपुर एसको उपाध्यक्षमा भुजेल र सचिवमा बर्तौला चयन

२८ बैशाख २०८२ (६ दिन अघि)

हेटौंडा / नेकपा एकीकृत ( समाजवादी ) को मकवानपुर जिल्ला उपाध्यक्ष पदमा धुर्बकुमार भुजेल सर्वसम्मत चयन भएका छन् । उनले जिल्ला सचीवको पदमा रहि काम गर्दै आएका थिए ।

बैशाख १८ गते हेटौंडामा बसेको जिल्ला कमिटीको म्यान्डेट अनुसार आज ( आइतबार ) जिल्ला पार्टी कार्यालय हेटौंडा ४ मा बसेको जिल्ला कमिटीको बैठकले केहि पदाधिकारीहरुलाई  पदोन्नति गरेको हो । यसैक्रममा सचिव पदमा उपसचिव पदमा रहेका किशोर बर्तौलालाइ चयन गरेको छ । यसैगरी उपसचिवमा गीता कडेरिया मैनाली चयन भएकी छिन् ।

पार्टी अध्यक्ष बिष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरु चयन गरेको हो । बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलको प्रमुख आतिथ्यतामा र पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तान , रामचन्द्र बल , प्रदेश सदस्य माधव तिमल्सिना , कृष्ण बहादुर चेपाङ, रमेश राई, कृष्ण सापकोटा तथा किशोर ब्लोन नियोग लगायतकाको आतिथ्यतामा सम्पन्न भएको थियो ।

अन्तिम अध्यावधिक: २८ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस