मकवानपुर । नेकपा एकीकृत (समाजवादी) राक्सिराङ्ग गाउँ कमिटीले राक्सिराङ्ग गाउँपालिकासँग विभिन्न किसिमको मागहरू राख्दै ज्ञापन पत्र बुझाएको छ । पार्टीका गाउँ कमिटी आध्यक्ष सागर चेपाङले गाउँपालिका उपाध्यक्ष बनस्तम थिङलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पार्टीका प्रदेश सदस्य किशोर ब्लोन (नियोग) को प्रमुख आतिथ्यता तथा गाउँ कमिटी सदस्य दिलबहादुर चेपाङको उपस्थितिमा कार्यक्रम भएको हो । किसानले कृषिको लागि बीउ, मल सहजै पाउने वातावरण मिलाउनुपर्ने, ढुङ्गा , गिट्टी , बालुवा अबैध चोरी बन्द गराउनुपर्ने, गाउँमै उत्पादन भएको खाद्यान्न लगायत अरु चिजबिजको सजिलै बजार व्यवास्थापन गर्नुपर्ने लगायतका २० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाइएको हो ।
गाउँपालिका उपाध्यक्ष थिङले ज्ञापनपत्रप्रति सकरात्मक रहेको भन्दै गाउँपालिकाकातर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धत्ता ब्यक्त गरे ।