Advertisement
Skip This

हेटौडाकी मुनु सिग्देल अनेमसंघको अध्यक्षमा निर्वाचित

५ जेठ २०८२ (२ दिन अघि)

हेटौडा/ अनेम संघ समाजवादीको अध्यक्षमा मुनु सिग्देल चयन भएकी छिन्। काठमाडौँमा भएको सातौँ राष्ट्रिय सम्मेलनबाट सिग्देल सर्वसम्मत निर्वाचित भएकी हुन् । महासचिवमा राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छिन्। 

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेयता अनेम संघ समाजवादीको अध्यक्ष जयन्ती राई थिइन् । पार्टी विभाजनपछि पहिलोपटक सम्मेलन भए पनि अनेमसंघ समाजवादीले लिगेसी आफूहरूले बोकेकाले सातौँ राष्ट्रिय सम्मेलन गरेको राईले बताइन्।

नवनिर्वाचित अध्यक्ष सिग्देलले अनेम संघ समाजवादीलाई विचारशील महिलाहरूको संगठन बनाउने प्रतिबद्धता जनाइन्। महिला अधिकारको क्षेत्रमा संगठनलाई सशक्त रूपमा अगाडि बढाउने उनले दाबी गरिन् । ‘महिलाको हक-अधिकारका लागि संगठनलाई सशक्त रूपमा अगाडि बढाउनेछु। राजनीतिक र सामाजिक आन्दोलनमा हामी दृढ संकल्पित भएर अगाडि बढ्छौँ उनले भनिन् ।

 सिग्देल एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज समेत हुन् । उनकी राजनीतिक सक्रियताबाट मकवानपुर जिल्लामा दर्बिली उपस्थिती रहेको स्थानिय बुद्धिजीवीहरु बताउछन  ।

अन्तिम अध्यावधिक: ५ जेठ २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस