Advertisement
Skip This

राक्सिराङ गाउँपालिकाले महिलाहरुलाई उद्धम बनाउदै 

पातको दुना टपरी बनाउने तालिम सम्पन्न 
५ जेठ २०८२ (२ दिन अघि)
 

मकवानपुर/  राक्सिराङ गाउँपालिका ३ दमारमा सन्चालन भएको १५ दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । १५ दिने तालिम शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

राक्सिराङ गाउँपालिकाको सहयोगमा लालित्य सेवा प्रतिष्ठान हेटौंडाले आयोजना गरेको तालिममा राक्सिराङ ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन समुहमा आवद्ध २५ जना महिलाहरुको सहभागीता रहेको थियो । उक्त समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले वन जङ्गलमा खेर गइरहेको सालको पातको दुना टपरी निर्माण गरि अर्थोपार्जन गर्न सकिने बताए ।

राक्सिराङलाई प्लास्टिक मुक्त पालिका निर्माणमा आफुहरु अघि बढेको सुनाउदै अध्यक्ष मल्लले प्लास्टिकको प्लेट तथा थालको सट्टा स्थानीय स्थरमा हुने सभा, समारोह तथ सार्वजनिक कार्यक्रमहरुमा पातबाट निर्मित दुना टपरी प्रयोग गर्न सबैलाई आग्रह गरे । साथै गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले महिलाहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले विभिन्न तालिमहरु संचालन गरिरहेको बताए ।

कार्यक्रमको अवसरमा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहलाई राक्सिराङ गाउँपालिकाले दुना टपरी निर्माण गर्ने मेसिन समेत हस्तान्तरण गरिएको थियो । गाउँपालिका अध्यक्ष राज कुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास अधिकृत गोविन्द अधिकारी, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस