राक्सिराङ्गमा एचपिभी खोप उत्साहजनक शुभारम्भ

शुरुको  दिनमै २५२ जना किशोरीलाई खोप लगाए
2025-02-04 22:50:26 (१ बर्ष अघि)

मकवानपुर/ राक्सिराङ्ग गाउँपालिकामा महिलाको पाठेघरको मुख क्यान्सरबाट बच्न लगाईने खोप एचपिभीको उत्साहजनक शुभारम्भ भएको छ । मकवानपुर जिल्लाको बिकट र ग्रामिण राक्सिराङ्ग ६ सिलिङ्गे स्थित राष्ट्रिय माबि सिलिङ्गेबाट अभियानको उत्घाटन गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले गर्नुभएको हो । पालिका भित्र ७९८ जनालाई खोप लगाईने अभियानमा रहेको छ  ।

 माघ २५ गते सम्म सन्चालन हुने अभियानमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्व्यम्सेवीका, शिक्षकहरु खटिएकाछन् । राक्सिराङ्ग, खैराङ्ग, पलासे लगाएतका ठाउहरुमा प्राबिधिकहरु खटिएका छन् ।

शुरुको  दिनमै राक्सिराङ्ग गाउँपालिकामा २५२ जना किशोरीलाई खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले जानकारी दिनुभयो । पालिका भित्र १५ वटा खोप केन्द्र रहेको छ ।

अन्तिम अध्यावधिक: 2025-02-04 22:50:34

लेखकको बारेमा

  • सेकेण्ड कमिङ्ग

    हेटौडा मकवानपुर, बागमती प्रदेश

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस