भीमफेदी वडा नम्बर १ को वडा कार्यालय भवन निर्माण कार्य सुभारम्भ

2026-06-04 18:33:27 (१७ घण्टा अघि)

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ को नयाँ प्रशासनिक वडा कार्यालय भवनको निर्माण कार्य औपचारिक रूपमा सुभारम्भ भएको छ। गाउँपालिकाको वडा नम्बर १, सानुटारमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष हिदम लामाको उपस्थितिमा भवन निर्माण कार्यको सुरुवात गरिएको हो।

 

गाउँपालिकाको आफ्नै स्रोत र योजना अन्तर्गत वडाबासीलाई सहज, सुलभ र व्यवस्थित रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

 

साढे १ करोड बढीको लागतमा बन्दै भवन गाउँपालिका कार्यालय भीमफेदीका अनुसार "Construction of Administrative Office Building/Ward No.-1" आयोजना अन्तर्गत बन्न लागेको यस भवनको अनुमानित लागत रकम भ्याट, पीएस र कन्टिन्जेन्सीसहित १ करोड ९९ लाख ९५ हजार ६ सय ७० रुपैयाँ र ९१ पैसा रहेको थियो। प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत S.K.S.A. Engineering Services Pvt. Ltd. सँग भ्याट र पीएससहित १ करोड ३७ लाख ८० हजार ७ सय ९८ रुपैयाँ र ३७ पैसामा निर्माण सम्झौता भई काम अघि बढेको हो।

 

२०८४ जेठभित्र निर्माण सम्पन्न गर्नुपर्ने आयोजना सूचना पाटीका अनुसार यस भवनको निर्माण कार्य २०८३ साल जेठ १४ गतेदेखि विधिवत रूपमा सुरु भएको हो। सम्झौता अनुसार निर्माण कम्पनीले आगामी एक वर्षभित्र अर्थात् २०८४ साल जेठ १० गतेभित्र भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसक्नुपर्नेछ।

 

नयाँ र सुविधायुक्त प्रशासनिक भवन निर्माण भएसँगै वडा नम्बर १ का स्थानीय जनताले थप सहज र आधुनिक वातावरणमा वडाको सेवा सुविधाहरू प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।

अन्तिम अध्यावधिक: 2026-06-04 18:35:21

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस