

गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म विभिन्न तीन वटा वडामा कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो। स्थानीय सरकारले प्रदान गर्ने सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिनुभयो।
सार्वजनिक सुनुवाई हुने स्थान र समय: गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो कार्यक्रम आगामी जेठ ११ गते सोमबार वडा नं. ३ को कार्यालय, पैंलासेमा बिहान १०:०० बजेदेखि सुरु हुनेछ।
त्यसैगरी, जेठ १२ गते मंगलबार वडा नं. ५ को चैनपुरस्थित गाउँपालिका हलमा र जेठ १३ गते बुधबार वडा नं. ८ को खोरियाटारस्थित सामुदायिक भवनमा बिहान १०:०० बजेदेखि सुनुवाई कार्यक्रम हुनेछ।
गाउँपालिकाले उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, संघ संस्थाका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।


लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५