

ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ र ४ स्थित महालक्ष्मी खोला क्षेत्रको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्डमा करिब १०० मिटर सडक ढलान गर्ने कार्य आज (जेठ १५ गते) देखि सुरु भएको छ । उक्त सडकखण्डमा निर्माण कार्य नसकिउन्जेल (करिब १ महिना) सम्मका लागि यातायात आवतजावत प्रभावित हुनेछ । यस अवधिमा काठमाडौँ आवतजावतका लागि कुलेखानी–सिस्नेरी–दक्षिणकालीको बाटो वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
यस्तै, थानकोट–चित्लाङ सडकखण्डको निर्माण तथा सुधार कार्यका लागि भोलि (जेठ १७ गते) देखि आगामी जेठ २९ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने भएको छ । पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडकखण्डमा सवारी साधन पूर्ण रूपमा रोकिनेछन् । चित्लाङतर्फ यात्रा गर्ने यात्रु तथा सवारी साधनहरूलाई भैंसे–पालुङ–नौबिसे (त्रिभुवन राजपथ) को बाटो वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ ।
प्रहरीको अनुरोध: सडक निर्माण कार्यलाई सुरक्षित र छिटो सम्पन्न गर्नका लागि तोकिएका वैकल्पिक मार्गहरूको प्रयोग गरी सहयोग गरिदिनुहुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्पूर्ण चालक तथा सर्वसाधारणमा हार्दिक अपिल गरेको छ ।
१
२
३
४
५