सिङ्गै रुख बोकेर पुल हाल्दै राक्सिराङका युवाहरु

2025-11-11 19:35:59 (६ महिना अघि)

हेटौंडा/ मकवानपुर र चितवन जिल्ला जोड्ने लोथर खोलाको शीरमा सिङ्गै रुख बोकेर पुल हालेका छन्  । मकवानपुरको राक्सिराङ र चितवनको राप्ती नगरपालिका विचमा पर्ने खोलामा आवतजावत गर्न अप्ठेरोमा परेकाले राक्सिराङ -६ का युवाहरुले पुल बनाएको हो । स्थानीय सरकारको कुनै लगानी बिना नै स्थानियको सक्रियतामा काठे पुल हालेको स्थानियले जनाएको छ । 

 

 

स्थायी पुल हाल्न सरकारलाई पटक पटक पहल गरेता पनि पुन बनाउन सकेका छैनन् ।जसको कारण राप्ती र राक्सिराङका जनता मार्कामा परेको छ ।

 

   मान्छेको आवतजावत, मोटरसाइकल, अटो लगायतका साधनहरुलाई सजिलो बनाउन   युवाहरुले साहसका साथ  काठे पुल निर्माण गरेका छन् । जसलाई पालिका, सरकार र नेताहरूको एक रुपैयाँ सहयोग बिना, आफ्नै काँध र पसिनाले गाउँमा विकासको निम्ति बाटो बनाएका छन् ।

यसरी नै पुल नहुदा वर्षातको समयमा हरेक बर्ष राक्सिराङका जनताले दुख पाएको जनगुनासो रहेको छ । स्थानीय उत्पादन भएका वस्तुहरूको आयात निर्यात गर्न कठिन छ। सिलिङगेमा मात्र करिब बार्षिक १ लाख किलो मह उत्पादन हुन्छ। बाटो कठिनाई हुदा किसानहरु मार्कामा परेको वडा अध्यक्ष अक्कल बहादुर मोक्तानले बताए । 

 

 

   

 

 

अन्तिम अध्यावधिक: 2025-11-11 20:07:11
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस