

प्रदेश सरकारले यस वर्षको खोज पत्रकारिता पुरस्कार र विकास पत्रकारिता पुरस्कार मकवानपुरलाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारहरूलाई प्रदान गरेको हो ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई जनही नगद ५० हजार रुपैयाँ राशिसहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो ।
विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध रहेर समाजको रूपान्तरण, सुशासन र विकासका पक्षमा कलम चलाउँदै आएका कारण उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ । यस सम्मानले मोफसलको पत्रकारिता क्षेत्रलाई थप ऊर्जा र हौसला मिल्ने विश्वास लिइएको छ ।
१
२
३
४
५