करेन्ट लागेर मङ्गल प्रजाको निधन

2026-06-14 11:08:49 (१ दिन अघि)

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ पोलाघारी निवासी अन्दाजी ३९ वर्षीय मङ्गल बहादुर प्रजा रहेका छन्।

 

शनिबार साँझ करिब ५:१० बजे मनहरी–६ प्रतापपुरस्थित सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने क्रममा उक्त दुर्घटना भएको हो। ढोकामा ड्रिल गर्ने बेला अचानक करेन्ट लागेर प्रजा गम्भीर घाइते भएका थिए।

 

घटनालगत्तै उनकी श्रीमती रस्ती माया प्रजाले तत्काल उपचारका लागि उनलाई मनहरी अस्पताल पुर्‍याएकी थिइन्। मनहरी अस्पतालमा सामान्य उपचार गरेपछि उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। तर, उपचारकै क्रममा साँझ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

 

मृतक प्रजाको शव हाल परीक्षणका लागि हेटौँडा अस्पतालमै राखिएको छ।

 

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ५–६ किलोमिटर उत्तरतर्फ पर्ने जनाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

अन्तिम अध्यावधिक: 2026-06-14 11:09:11
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस