रोमाञ्चक प्रतिस्पर्धा: २ मतको अन्तरले उत्सव अर्याल बने रास्वपा बागमतीको प्रदेश सभापति

2026-06-14 11:23:49 (१ दिन अघि)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी भएका छन्। शनिबार सम्पन्न बागमती प्रदेश अधिवेशनको मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिस्पर्धी डा. अच्युतम लामिछानेलाई मात्र दुई मतको झिनो अन्तरले पछि पार्दै अर्याल सभापतिमा निर्वाचित भएका हुन्।

 

अधिवेशनमा भएको कडा प्रतिस्पर्धामा विजयी अर्यालले ४१८ मत प्राप्त गरे भने डा. लामिछानेले ४१६ मत ल्याएका छन्।

 

बागमती प्रदेश अधिवेशनमा सहभागी रास्वपा केन्द्रीय सदस्य मधुसुधन ढकालले दिएको जानकारी अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको थियो। नयाँ नेतृत्व चयनसँगै रास्वपाले बागमती प्रदेशमा आफ्नो सङ्गठनात्मक संरचनालाई थप मजबुत बनाउने विश्वास लिएको छ।

अन्तिम अध्यावधिक: 2026-06-14 11:23:56
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस