नेपाल चेपाङ संघ राक्सिराङ्गको गाउँ कमिटि अध्यक्षमा सोम लाल चेपाङ चयन

2025-02-04 15:39:37 (१ बर्ष अघि)

मकवानपुर/नेपाल चेपाङ संघ राक्सिराङ्ग गाउँपालिकाको गाउँ कमिटीको अधिवेशनमा सोम लाल चेपाङ अध्यक्ष पदमा चयन हुनु भएको छ। छैठौं गाउँ अधिवेशनको प्रमुख अतिथि नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, विशिष्ट अतिथि नेपाल चेपाङ संघ केन्द्रीय सदस्य रबिन नेपाङ र नेपाल चेपाङ रहेको थियो ।

 

संघका मकवानपुर जिल्ला सचिब प्रताप चेपाङको उपस्थिति र अन्य नौ वडाका प्रतिनिधिहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भए‌को थियो।

 

नयाँ कार्य समितिमा उपाध्यक्ष सीताराम चेपाड, सचिव प्रशान्त चेपाङ, सह-सचिव अन्जित चेपाङ, कोषाध्यक्ष कान्छी माया चेपाङ लगायत १९ सवस्यको कमिटी गठन भएको छ।

अन्तिम अध्यावधिक: 2025-02-04 15:40:31

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस