

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा रिद्धिसिद्धि सिमेन्ट उद्योगले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गाउँपालिका क्षेत्रमा निर्माण सामग्री सहयोग उपलब्ध गराउँदै आएको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा उल्लेख गरेका छन्:
पारदर्शी वितरण: गाउँपालिकाले सार्वजनिक निर्माण र असहाय परिवारका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सिमेन्ट सहयोगको सिफारिस गर्ने गरेको छ।
आरोपको खण्डन: जनप्रतिनिधि वा कर्मचारीले आफ्नो निजी प्रयोगका लागि सिमेन्ट नमागेको र पालिका आफैँले खरिद नगरेको हुँदा जिन्सी दाखिला गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारिएको छ।
लक्षित वर्ग: आगलागी तथा प्राकृतिक विपदबाट क्षति भएका न्यून आर्थिक अवस्थाका परिवारका लागि मात्र सिफारिस गरिएको र प्राप्त सिमेन्ट सम्बन्धित परिवारले नै प्रयोग गरेको पालिकाको दाबी छ।
सुरक्षित अभिलेख: सिफारिस गरिएका सबै विवरणहरूको चलानी प्रमाण सुरक्षित रहेको समेत जानकारी दिइएको छ।
सामाजिक सञ्जालमा भ्रामक कुरा फैलाएर जनप्रतिनिधि र कर्मचारीमाथि आक्षेप लगाइएको भन्दै गाउँपालिकाले यस्ता गतिविधिप्रति आपत्ति प्रकट गरेको छ। तथ्याङ्क र यथार्थ बुझेर मात्र धारणा सार्वजनिक गर्न समेत पालिकाले सबैमा आग्रह गरेको छ।

१
२
३
४
५