

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ।
तालिमका मुख्य विशेषताहरू:
अवधि: २१ दिन (कुल १२६ घण्टा)
सङ्ख्या: १० देखि १५ जना
योग्यता: सामान्य लेखपढ गर्न जान्ने
लक्षित वर्ग: कैलाश गाउँपालिकाका १० वटै वडाका चेपाङ समुदाय, दलित, सीमान्तकृत, तथा विपन्न वर्गका नागरिकहरू। यसमा महिला र पुरुष दुवै सहभागी हुन सक्नेछन्।
आवेदन प्रक्रिया: तालिम लिन इच्छुक नागरिकले आगामी २०८३ साल जेठ १० गते सम्ममा आवेदन दिइसक्नुपर्नेछ। आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सीप विकासका अवसर खोजिरहेको इच्छुक व्यक्ति भनी वडा तहबाट गरिएको सिफारिस संलग्न गर्नुपर्नेछ।
तालिम सञ्चालन हुने स्थान भने पालिकाले पछि तोक्ने सूचनामा उल्लेख छ। थप जानकारीका लागि गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी रमिला सापकोटा (९८६५२१२१८४) सँग सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत सिता कुमारी खत्रीले जानकारी दिनुभएको छ।
१
२
३
४
५