हेटौंडामा औषधि व्यवसायीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम हुने

2026-05-18 19:19:07 (२ दिन अघि)

हेटौंडा/ नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुर, बागमती प्रदेशले औषधिको सुरक्षित र प्रभावकारी वितरण सुनिश्चित गर्न एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। "औषधिको समुचित प्रयोग, कुशल औषधि बिक्री वितरण अभ्यास तथा औषधि दुरुपयोग नियन्त्रण" सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुन लागेको हो।

 

कार्यक्रमको आयोजक: नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुर रहेकाे छ ।

 

आगामी २०८३ साल जेठ १० गते हुने र समय: बिहान १०:०० बजेदेखि गरिने कार्यक्रमकाे स्थान: हेटौंडा–२, बनस्खण्डि स्थित गैर सरकारी संस्था महासंघको सभा हल रहेकाे छ । यश कार्यक्रकाे प्राविधिक सहयोग: औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्ज रहेकाे कार्यक्रम संयोजक: संघका महासचिव कृष्णहरि न्यौपानेले बताए । 

 

यस कार्यक्रमले मकवानपुरमा रहेको फार्मेसी जस्ता स्थानीय औषधि व्यवसायीहरूलाई औषधिको सही प्रयोग र कानुनी मापदण्डबारे सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। औषधिको दुरुपयोग रोक्न र उपभोक्तालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो अभिमुखीकरण फलदायी हुने विश्वास आयोजकले लिएको छ।

अन्तिम अध्यावधिक: 2026-05-18 19:19:16

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस