रास्वपा मकवानपुरको निर्णय: जेठ दोस्रो साताभित्र १० वटै पालिकामा अधिवेशन सकिने

2026-05-16 20:17:46 (४ दिन अघि)

हेटौँडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। शनिबार हेटौँडामा बसेको जिल्ला कमिटीको बैठकले हेटौँडा उपमहानगरपालिकासहित सबै पालिकामा जेठको दोस्रो साताभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।

 

मकवानपुरका १० पालिकामध्ये भीमफेदी गाउँपालिकामा भने यसअघि नै अधिवेशन भइसकेको छ। बाँकी पालिकाहरूका लागि तय गरिएको मिति र जिम्मेवारी यसप्रकार छ:

 

अधिवेशन कार्यतालिका र जिम्मेवारी:

 

मिति

पालिका जिम्मेवारी पाएका नेताहरू
जेठ ९ गते थाहा नगरपालिका राजकुमार कार्की र रमेश थापा
जेठ १० गते हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका विष्णु दाहाल, टाकाराज थापा, किशोर अर्याल र ईश्वर दाहाल
जेठ १३ गते इन्द्रसरोवर गाउँपालिका राजकुमार कार्की र रमेश थापा
जेठ १५ गते मकवानपुरगढी गाउँपालिका विष्णु दाहाल र टाकाराज थापा
जेठ १६ गते बागमती, बकैया र राक्सिराङ गाउँपालिका सुनिता राई, विवेक कट्टेल, अस्मिता न्यौपाने, विवेक सुवेदी र सन्तोष बर्तौला

जिल्ला अधिवेशनको तयारी रास्वपा मकवानपुरका कार्यबाहक सभापति एवं मकवानपुर क्षेत्र नं. १ का सांसद प्रकाश गौतमको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशनलाई भव्य बनाउनुअघि सबै स्थानीय तहमा सांगठनिक संरचना बलियो बनाउने उद्देश्यले यो तालिका ल्याएको हो।

 

यो अधिवेशनले आगामी जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्नुका साथै पालिका स्तरमा नयाँ नेतृत्व चयन गर्नेछ। रास्वपाले मकवानपुरमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको सन्दर्भमा यस अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।

अन्तिम अध्यावधिक: 2026-05-16 20:17:56
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस