चेपाङ संघ मनहरीको अध्यक्षमा शेर बहादुर चेपाङ

2025-02-07 15:47:59 (१ बर्ष अघि)

मकवानपुर/ नेपाल चेपाङ संघ मनहरी गाउँ पालिकाको गाउँ कमिटी अधिबेशनले शेर बहादुर चेपाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । त्यसैगरी सचिवमा राम कृष्ण चेपाङ चयन भएको छ भने अधिबेशनले पन्ध्र सदस्यीय समिति निर्माण गरको श्नोतले जनाएको हो । 

उपाध्यक्षमा वीर बहादुर चेपाङ, सह-सचीव सोहित चेपाङ, र कोषाध्यक्षमा दिल माया चेपाङ रहेको छ ।‌

 

शेर बाहादुर चेपाङको सभापतित्वमा सम्पन्न छैठौं गाउँ अधिबेशनको प्रमुख अतिथी नेपाल चेपाङ संघ बागमती प्रदेशको अध्यक्ष खुशी लाल चेपाङ हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा  नेपाल चेपाङ संघ  जिल्ला समन्वय समिति सदस्य अभि राना चेपाङ  साथै मनहरी गाउँ पालिकाको नौं वडाका प्रतिनिधीहरुको उपस्थिति थियो । 

 

 

अन्तिम अध्यावधिक: 2025-02-07 21:17:21

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस