तुलसी पुन मगरको मृत्यु प्रकरणमा दोषीलाई कारबाहीको माग

2025-02-25 15:04:46 (१ बर्ष अघि)

 काठमाडौँ — कोरियामा म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु प्रकरणमा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् । मगर  कृषिमा कामदारको रुपमा दक्षिण कोरियामा थिए 

 

राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्षद्वय  विपिन गुरुङ, बुद्धि गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेर मगरको मृत्यु घटनाका दोषाीलाई कारबाहीको माग गरेका हुन् ।

 

 

कोरियाको बंगुर फार्म काम गर्दै आएका मगर गत शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । कम्पनीका नेपाली सुपरभाइजर र कोरियन मालिकले काममा खटिँदा गालीगलौच गर्ने, तनाव दिने तथा यातना दिने लगायका काममा कारण मगरले मृत्युको बाटो रोजेको उनका सहकर्मीहरुले बताएका छन् । उनीसँगै उक्त फार्ममा काम गर्ने ७ जनाले पनि कम्पनीबाट कुटपिट गर्ने र गालीगलौच गरेकै कारण काम छोडेका छन् ।

अन्तिम अध्यावधिक: 2025-02-25 15:04:53
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस