नेपाल चेपाङ संघ मकवानपुरको अध्यक्षमा महेश कुमार

2025-02-27 15:35:31 (१ बर्ष अघि)

नेपाल चेपाङ संघ मकवानपुरको अध्यक्षमा महेश कुमार चेपाङ सर्बसम्मत चयन भएको छ । संघले सातौं जिल्ला अधिबेशनबाट नया जिल्ला कार्य समिति पाएको हो ।

अधिबेशनले शोभा चेपाङ,किशोर चेपाङ,भक्त बहादुर चेपाङ र अभि राना चेपाङ क्रमशः उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सह सचिव पदमा सर्बसम्मत निर्वाचित भएकाहुन् । यस्तै गरि सदस्यहरुमा राजेन्द्र कुमार चेपाङ,ईन्द्रलाल चेपाङ,सबिन चेपाङ,मिलन चेपाङ,दिपउ चेपाङ,अस्मिता चेपाङ,दिलिप चेपाङ,कमल चेपाङ,निराजन चेपाङ,प्रज्वल चेपाङ,लक्ष्मी चेपाङ( क) र लक्ष्मी चेपाङ( ख) निर्वाचित भएकाहुन् ।

उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिती मनहरीको सभाहलमा भएको संघको अधिबेशनमा नेपाल चेपाङ संघ केन्द्रिय अध्यक्ष गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यता र निबर्तमान बागमती प्रदेश सभा सदस्य तथा पुर्व भौतिक राज्य मन्त्री सन्त कुमार चेपाङ, साथै नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशिलाल चेपाङको बिशिष्ट आतिथ्यता रहेको थियो 

निबर्तमान अध्यक्ष पुर्ण बहादुर चेपाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नब निर्वाचित पदाधिकारी तथा समिती सदस्यलाई केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्दराम चेपाङले सपथ खुवाउनुभएको थियो । अधिवेशनमा चेपाङ समुदायसंग सम्बन्धि समाचार सम्प्रेषण गरि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकारहरूलाई सम्मान पत्र प्रदान समेत गरिएको थियो ।

अन्तिम अध्यावधिक: 2025-02-27 15:35:53
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस