Advertisement
Skip This

राक्सिराङमा आगलागी हुदा एक घरमा ७ लाख क्षति

१७ चैत २०८१ (२ महिना अघि)

राक्सिराङ । मकवानपुरको  राक्सिराङ ५ स्थित बोटबारीको  भिम बहादुर मोक्तानको घरमा आगलागी भएको छ । आइतबार बिहान ९:३० बजेको समयमा  स्थानीय आगो लागेको हो । आगलागीबाट सात लाख बराबरको क्षति भएको स्थानीयले बताएको छ ।

ढुंगा र माटोले बनेको घरमा बिधुतको लाईन सट भई एक्कासि आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आगोलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुरबाट प्रहरी टोली खटिएको र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगो पुर्ण रुपमा नियन्त्रणमा आउन करिब ३ घन्टा लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेको नगद चालिस हजार, अन्नपात, काठ, भाडावर्तन र लत्ताकपडाजलेको छ। मानबिय र पशुचौपायाको क्षति  भने नभएको प्रहरीले उल्लेख गरेको छ ।

अन्तिम अध्यावधिक: १७ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस