Advertisement
Skip This

 सिमलटार टोलबिकास संस्थाको अध्यक्षमा देवकृष्ण थोकर

२७ चैत २०८१ (१ महिना अघि)

हेटौंडा / सिमलटार टोलबिकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको अध्यक्ष पदमा देवकृष्ण थोकर चयन भएका छन् ।

   यस्तै उपाध्यक्षमा छेगु गोले , सचीवमा दिलमाया रुम्बा , सहसचिवमा जोशन सिं योन्जन , कोषाध्यक्षमा यसोदा बोहरा ( सैजु ) चयन भएका हुन् । यसैगरी सदस्य पदमा चित्रबहादुर मुक्तान , रामकलेश्वर पटेल , हिमा बिडारी , पुजाकुमारी राउत , लक्ष्मी लामा , सरिता पराजुली चयन भएका छन् । टोलबिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ को संयोजकत्वमा बनेको निर्वाचन समितिले निर्वाचन गराएका हुन् । निर्वाचन समितिमा टोलबिकास संस्था वडासमन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य , ठिसाङ लामा ( भिमलाल ) , सुरेश लामिछाने , इशा थापा रहेका थिए ।

नव निर्वाचित पदाधिकारीहरुलाइ वडाध्यक्ष जुना दाहाल , वडासदस्य गोपिनी सापकोटा , सिमलटार टोलबिकास संस्थाका निवर्तमान अध्यक्ष सुर्यमान लामा लगायतकाले बधाई दिएका थिए भने टोलबिकास संस्था नगर समन्वय समितिका उपमहासचीव देवकुमार श्रेष्ठ ले सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष थोकरले आफुलाइ अध्यक्षपदमा सर्वसम्मत चयन गराउने सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा कसैले औंला उठाउन नपर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यसमिति सबैको साथसहयोग रहेमा टोलबिकास संस्थालाई बलियो बनाउन सकिने उनको धारणा थियोे ।

अन्तिम अध्यावधिक: २७ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस