Advertisement
Skip This

लोपोन्मुख समुदायका राउटे मुखिया सूर्यनारायण शाहीको निधन

१६ बैशाख २०८२ (३ हप्ता अघि)

सुर्खेत — राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ । सोमबार राति साढे ९ बजेतिर उनको निधन भएको हो । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए । राउटे जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख समुदायका हुन् ।

 

अत्यधिक मदिरा सेवनका कारण उनको निधन भएको समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

 

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउयँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका थिए । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।

अन्तिम अध्यावधिक: १६ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस