

तस्बिर स्रोत,@CISFHQrs
तस्बिर स्रोत,Getty Images
भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको एअर इन्डियाले जनाएको छ।
एअर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, "अहमदाबाद-लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।"
एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एअर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन्।
१
२
३
४
५