१९ लाख संस्थाको, ६ लाख गाउँपालिकाको र ६ लाख ४२ हजार उपभोक्ताको लगानीमा निर्माण सम्पन्न गरिएको हो। अध्यक्ष मुक्तानले सुरक्षित र स्वच्छ पानीको आवश्यकता औँल्याउँदै संरचनाको संरक्षणमा सामूहिक सहभागिता जरुरी रहेको बताए।
स्थानीय उपभोक्ता कृष्णमाया सिन्तानले पहिले खोल्साबाट पानी बोक्ने गथ्र्यो भने अहिले घरमै धाराबाट सफा पानी पाइने सुविधाले राहत मिलेको बताइन्। अनुगमनपछि स्थानीयसँग सरसफाई र पानीको दिगोपनाबारे छलफल पनि गरिएको थियो ।







































