

मंगलबार प्रस्तुत भई गाउँ सभाबाट पारित उक्त नीति तथा कार्यक्रममा ‘एक टोल एक उत्पादन’ को लक्ष्य पनि लिइएको छ ।
गाउँपालिकाले अब गाँजाको वैधानिक प्रयोगसम्बन्धी बहस र अनुसन्धानलाई अगाडि बढाउने, र नीति निर्माण तहको ध्यानाकर्षण गराउने योजना सार्वजनिक गरेको छ । दुर्गम तथा विकट भौगोलिक अवस्थाका कारण हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम दिने नीति लिइएको छ ।
गाउँपालिकाका ५ वर्ष मुनिका बालबालिका र आमाको स्वास्थ्य सुधारका लागि पोषण कार्यक्रम र बाल स्वप्न परियोजना सञ्चालन गरिने जनाइएको छ । पालिकामा कुपोषित बालबालिकाको संख्या झन्डै २ सयको हाराहारीमा रहेको छ । चेपाङ बहुल राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन्, जुन चालु आर्थिक वर्षको तुलनामा करिब ९ करोड रुपैयाँ बढी हो ।
यस्तो छ बजेटको विवरण
संघीय सरकारबाट
वित्तीय समानीकरण अनुदान : १० करोड २५ लाख
सर्तसहितको अनुदान : २० करोड ६१ लाख
विशेष अनुदान : १ करोड ७५ लाख
समपूरक अनुदान : ६८ लाख
राजस्व बाँडफाँट : १० करोड ६० लाख ७८ हजार ४७२
जम्मा : ४३ करोड ८९ लाख ७८ हजार ४७२ रुपैयाँ
वाग्मती प्रदेश सरकारबाट
वित्तीय समानीकरण अनुदान : ९६ लाख ११ हजार
राजस्व बाँडफाँट : ३ करोड ८४ लाख ९८ हजार ८१७
सर्तसहितको अनुदान : १ करोड ८८ लाख १३ हजार
विशेष अनुदान : ६० लाख
समपूरक अनुदान : ३ करोड २९ लाख
जम्मा : १० करोड ५८ लाख २२ हजार ८१७ रुपैयाँ
आन्तरिक आम्दानी : ९ करोड २१ लाख रुपैयाँ
खर्च विवरण :
चालु खर्च : ४८ करोड ५३ लाख ५४ हजार १५५ (कुल बजेटको ७६.४१ प्रतिशत)
पुँजीगत खर्च : १४ करोड ९८ लाख ७७ हजार १५४ (कुल बजेटको २३.५९ प्रतिशत)
स्रोत; कान्तिपुर
१
२
३
४
५