कैलाशको बजेट ५३ करोड ८६ लाख: सामाजिक विकासमा जोड 

2025-06-26 18:50:37 (११ महिना अघि)

 हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबार बसेको १६ औ गाउँसभाको अधिवेशनले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले सभामा  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसैगरी उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि चालु तर्फ ३२ करोड ८२  लाख ३ हजार १००  र पूँजीगत तर्फ २१  करोड ४ लाख १७  हजार गरी कुल बजेट ५३करोड ८६ लाख २० हजार १ सय विनियोजन गरेको बताएका छन् । उपाध्यक्ष मल्लले विनियोजन विद्येयक २०८२ प्रस्तुत गर्दै  चालुखर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पुजीँगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ रहने बताए ।  आर्थिक विकासमा चालुतर्फ १ करोड २५ लाख ९७ हजार रहेको छ भने पूजीँगतखर्चमा एक करोड ५१ लख ६७ हजार रहेको छ । त्यस्तै, सामाजिक विकासमा चालुतर्फ २१ करोड १६ लाख १४ हजार र पूजीँगततर्फ २ करोड ३३ लाख ५० हजार रहेको छ । 

यसैगरी पूर्वाधार विकासमा पूजीँगततर्फ खर्च १६ करोड ४४ लाख रहेको छ भने  सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालुतर्फ  ७० लाख ९२ हजार एक सय र पूजीँगततर्फ २२ लाख रहेको छ । 
त्यस्तै, वातावरण तथा विपद्मा पूजीँगत खर्चमा ४३ लाख रहेको उपाध्यक्ष मल्लले बताए । गाउँपालिका प्रशासनिक खर्चमा चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पूजीँगत खर्चमा १० करोड  रहेको छ ।त्यसैगरी आर्थिक विधेयक २०८२,विनियोजन विधेयक २०८२, बजेट वक्तव्य मध्यकाली खर्च संरचना २०८२ पनि आजको अधिवेशनले बहुमतले पारित गरेको हो। पालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ५ करोड बढी हो।

 

अन्तिम अध्यावधिक: 2025-06-26 18:50:50
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस