’मनसुनमा सतर्कता अपनाऔ'

2025-06-26 19:59:49 (११ महिना अघि)

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ ।

मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ । यो वर्ष नेपालमा मनसुन साधारण मिति भन्दा एक हप्ता अघिनै अर्थात् जुन २२ मा प्रवेश गरेको थियो । त्यस अर्थमा सोही अनुपातमा मनसुन बाहिरिने आँकलन गरिएको थियो ।  तर मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि पारेर बाहिरिने मौसमविद्ले जानकारी दिएका छन् ।

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ ।

अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा भइरहेको छ । यसैले मनसुन अझै कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुको दाबी छ । त्यसोहुदा मनसुनको समयमा अपनाउनुपर्ने केही महत्वपूर्ण सतर्कता उपायहरू सबैले ध्यान दिनैपर्छ । नेपालको भूगोल भिरालो भएकाले खतरा भएका क्षेत्रबाट टाढा रहनुपर्छ,  नदी, खोला र पहिरो सम्भावित स्थानबाट टाढा बस्न जनसमुदाय माझ अपिल गर्नु पर्छ ।  बाढी आउने सम्भावना भएका क्षेत्रमा सतर्क रहनु, सडक तथा पुल पार गर्दा सतर्क हुनु, भारी वर्षामा डुबान भएको बाटो वा कमजोर पुल पार नगर्नु, स्वास्थ्यमा ध्यान दिनु, मनसुनमा पानीजन्य रोगहरू (जस्तै झाडा, हैजा) बढ्न सक्छन्, सफा पानी मात्र पिउनु, झिंगा/लामखुट्टेबाट बच्न झुल प्रयोग गर्नु, आवश्यक तयारी गर्नु, टर्च, ड्राइ सेल, पानी, औषधी, आवश्यक कागजातहरू तयार राख्नु, स्थानीय प्रशासनको सूचना र समाचार नियमित रूपमा सुन्नु, बालबालिका, वृद्ध र अपांग व्यक्तिहरूको विशेष ख्याल गर्नु, उनीहरूलाई सुरक्षित स्थानमा राख्नु, र नियमित निगरानी गर्नु,  बिजुलीको पोल वा नाङ्गो तार नछुँनु, पानीमा डुबेका तार वा विद्युतीय यन्त्रहरूबाट टाढा रहनु आदि कुराहरु एकापसमा सुसुचित गरौ । सम्भावित खतराबाट मनसुनलाई बिदाई गरौ । त्यसको निमित्त स्थानिय सरकारको बढी जिम्मेवारी हुने भएकाले स्थानुय तहका मातहतमा रहेका सम्पूर्ण निकायहरुलाई जोखिम ब्यबस्थापनका लागि पूर्व तयारी अबस्थामा राख्न जरुरि छ  । अब तिनै तहका सरकारहरु जोखिम न्युनिकरंका लागि अलर्ट रहनु पर्छ  ।

अन्तिम अध्यावधिक: 2025-06-26 19:59:58

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस