

हेटौंडा/वातावरण जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै हिमालयन राइडर्स सोसाइटी हेटौंडाले ६ जनालाई सम्मन गरेको छ । २४ वर्षदेखि निरन्तर दैनिक कामकाजका निम्ति साइकल सवार गरिरहेका पत्रकार गोबिन्द न्यौपानेलाई सम्मान गरेको हो ।
३० वर्षदेखि साइकल सवार हेटौंडा–६ रामनगर निवासी स्कुल अफ मेनेजमेन्टमा कार्यरत् आइतमान मुक्तान, सिटी कलेज हेटौंडामा कार्यरत् १४ वर्षदेखि साइकल सवार हेटौंडा–६ निवासी रामप्रसाद पोखरेल, सिटी कलेजका शिक्षक सिन्धुपाल्चोक चौतारा निवासी ३ वर्षदेखि निरन्तर साइकल सवार लक्ष्मण तामाङ, रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत् हेटौंडा–५ पिप्ले निवासी दीक्षान्त सुबेदी र १४ वर्षदेखि साइकल सवार हेटौंडा–४ निवासी मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतमलाई सम्मान गरिएको हो ।
शनिबार उनीहरुलाई हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देल, साइकल स“स्कृति समुदाय नेपालका अध्यक्ष डा. तारालाल श्रेष्ठ र सोसाइटीका अध्यक्ष राजु थापामगरलगायतले प्रशंसापत्रले सम्मानित गरेका हुन् ।
१
२
३
४
५