सीटीईभीटीको स्वास्थ्य प्राविधिक अध्ययनका लागि आवेदन खुल्यो 

अनलाइनबाट आवेदन दिन सक्ने 
2025-07-21 12:47:51 (१० महिना अघि)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा अनलाइन आवेदन खुला गरेको छ। 

 

सीटीईभीटीले आज सूचना प्रकाशन गरी शैक्षिक सत्र २०८२,०८३ को लागि अनआइन आवेदन खुला गरेको हो। 

 

परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गते भित्र नियमित शुल्क र २६ गते भित्र विलम्व शुल्क तिरेर अनलाइन आवेदन फारम भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ। 

 

 

 

नयाँ शैक्षिक सत्रदेखि प्रवेश परीक्षा नभइ एसईईमा प्राप्त जीर्पीए र विद्यालयको प्रकारको आधारमा तय हुने अङ्कको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने सीटीईभीटीले जनाएको छ। 

 

परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो। 

 

 

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अङ्कका आधारमा विद्यार्थी छनोट गरिनेछ। एसईईमा प्राप्त अङ्कलाई जीपीए ४ पूर्णाङ्क मानिनेछ। 

 

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ।

 

स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट संख्या चिकित्सा शिक्षा आयोग, सीटीईभीटीबाट सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण गरिएको हो। 

 

परिषद्को ‘डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२’ अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

 

तलको वेबसाइटमा हेरेर फारम भर्न सकिने छ: 

https://acrobat.adobe.com/id/urn:aaid:sc:AP:66814775-74e0-48d5-ae3e-9182a995c762

 

छनोट हुने विद्यार्थीले परिषद्का आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत २८५ वटा कलेजमा भर्ना हुन पाउने छन्। चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले यस वर्ष डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न २ निजी कलेज थप गरेको छ।

 

अन्तिम अध्यावधिक: 2025-07-21 12:48:54

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस