

काठमाडौं : सन २०२५ को लागि यही साउन २६ गतेदेखि ईपीएस भाषा परीक्षा आवेदन खुल्ला हुने भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको थियो । आज नेपालको ईपीएस ग्वार्कोबाट नेपालको लागि फारम खुलेको आधिकारिक सुचना प्रकासित गरेको हो ।
ईपीएसको परीक्षा फाराम भर्ने सम्बन्धी २०२५ को प्रथम चरण अन्तर्गत ग्वार्कोको आधिकारिक सुचना अनुसार Manufacturing: 3,500,
Agriculture & Livestock: 1,800
जम्मा अनुमानित पास संख्या ५३०० हुनेछ।
१.एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने।
२.आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५