

परिवर्तित मौसम (climate change वा मौसमी उतारचढाव) सँगै नेपालजस्ता देशहरूमा डेङ्गु ज्वरो को प्रभाव तीव्र र व्यापक बन्दै गएको छ । विशेष गरी मनसुन र त्यसपछिको न्यानो/भिजेको मौसममा यसको जोखिम बढ्दो छ। परिवर्तित मौसमका कारण डेङ्गुमा देखिएको प्रभावको बेजोड नकारात्मक असर मानव स्वास्थ्यमा पर्ने हुन्छ ।
डेङ्गु र मौसमको सम्बन्ध:
१. मनसुन र पानी जम्ने समस्या भारी वर्षापछि पानी पोखिने र जम्ने ठाउँहरू बढ्छन्। यस्ता ठाउँहरूमा एडिस एजिप्टाइ जातको लामखुट्टेले अण्डा पार्छ ।
जति धेरै पानी र भिजेको वातावरण, उति धेरै लामखुट्टे प्रजनन हुदछ ।
२. तातो र आद्र वातावरण: डेङ्गु बोक्ने लामखुट्टे २५–३५ डिग्री सेल्सियसको बीचमा धेरै सक्रिय हुन्छ।
मौसम तातो हुँदा लामखुट्टेको जीवनचक्र छोटो हुन्छ, तर संक्रमण फैलाउने दर बढी हुन्छ ।
त्यसो हुँदा मानव जनजिवनमा असरहरू धेरै हुन्छ।
क्षेत्र प्रभाव: स्वास्थ्य ज्वरो, बान्ता, रगत बग्ने, प्लेटलेट घट्ने आदि लक्षण; जटिल अवस्थामा मृत्यु हुन सक्छ।
अस्पतालहरूमा चाप मौसमी बढोत्तरी हुँदा बिरामीहरूको अत्यधिक चाप देखिन्छ ।
विद्यालय/कार्यस्थल बिरामीहरू बढेकाले अनुपस्थितिहरू बढ्छन्।
सामाजिक/आर्थिक असर औषधि, उपचार खर्च बढ्छ; काम नगरी घरमै बस्नुपर्छ ।
रोकथाम र सावधानी कसरी गर्ने त :
1. पानी जम्न नदिनुहोस् – गमला, ट्यांकी, टायर आदि सफा राख्नुहोस् ।
2. पूर्ण कपडा लगाउनुहोस् – शरीर खुला नराख्नुहोस्, विशेष गरी बिहान/साँझ ।
3. मच्छरदानी/स्प्रे प्रयोग गर्नुहोस् ।
4. साथी र परिवारमा सचेतना फैलाउनुहोस्।
5. बिरामी भएको खण्डमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।
उच्च ज्वरोका साथ डेङ्गुको असरले सेतो रक्तकोष ह्रास गराउने भएकाले समय मै विरामीलाई स्वास्थ्य चौकी या नजिकको अस्पताल पुर्याउनु पर्छ ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५