

सउल/ कोरियाले गैरकानुनी रुपमा बसेका बिदेशीहरुलाई भिसा दिने निर्णय गरेको छ । न्याय मन्त्रालयले ग्वाङबोक (स्वतन्त्रता दिवस) ८०औं वार्षिकोत्सवको अवसरमा बसोबास अवधि सकिएको कोरियन मूलका विदेशीहरूलाई फेरि नयाँ जीवन सुरु गर्न मौका दिन विशेष वैधता दिने कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । लाखौं विदेशी नागरिक गैर कानुनी रुपमा कोरिया बसोबास गरेकाले बसाई प्रकृया सहज बनाउन कोरियाले उक्त निर्णय गरेको हो ।
यो कार्यक्रमले अघिल्लो पुस्तामा जबरजस्ती श्रम र आप्रवासनका कारण उत्पन्न समस्या समाधान गर्दै कोरियन मुलका मानिसहरूलाई फेरि समाजमा समावेश गर्न सहयोग गर्नेछ।
जसले गर्दा कोरियन मूलका अवैध बसोबासकर्ताहरू र उनीहरूको परिवारलाई वैधता प्राप्त गर्न पुनः अवसर दिइनेछ।
विशेष वैधता कार्यक्रमका मुख्य विवरणहरू:
लक्षित व्यक्ति
२०२५ अगस्ट १८ भन्दा पहिले कोरियामा बसोबास अवधि सकिएका कोरियन मूलका विदेशी नागरिक र तिनीहरूको परिवार
आवेदन अवधि
२०२५ सेप्टेम्बर १ (सोमबार) देखि २०२५ नोभेम्बर २८ (शुक्रबार) सम्म
समीक्षा मापदण्ड
संक्रामक रोग, लागूपदार्थ (ड्रग्स) जस्ता सार्वजनिक स्वास्थ्यसम्बन्धी विषय
राज्यकोष सम्बन्धी विषय (स्वास्थ्य बीमा, कर तिर्ने स्थिति)
कानूनी पालना स्थिति (अपराध रेकर्ड आदि)
अन्य सामाजिक मूल्याङ्कन
※ अपराध रेकर्ड भएका वा बक्यौता भएका व्यक्तिहरूलाई विशेष समीक्षा गरिनेछ।
१
२
३
४
५