नयाँ उद्योगको लागि स्टार्टअप कर्जा दिने

2025-11-05 08:55:23 (७ महिना अघि)

   नयाँ उद्योग सन्चालन गर्न सरकारले युवाहरुलाई स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ।उद्यमीहरूले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ । उद्योगमन्त्रीको कार्ययोजना अनुसार माघभित्र छनोट गरिने भएको हो ।

 

    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो ।

   स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ अनुसार योग्यता पुरा गरेको हुनुपर्ने जनाएको छ । आवेदकहरू सम्बन्धित क्षेत्रहरूमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

इच्छुक उद्यमीहरूले आज मितिले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने जनाइएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत् आवेदन दिन सकिनेछ । 

उद्योगमन्त्री अनिलकुमार सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो । त्यही अनुसार प्रतिष्ठानले आवेदन मागेको हो ।

 


 

अन्तिम अध्यावधिक: 2025-11-05 08:55:35

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस