नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्षमा पुनः राजकुमार स्याङतान 

2025-11-23 18:48:40 (६ महिना अघि)

सउल/ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्षमा पुनः राजकुमार स्याङतान निर्वाचित भएको छ । १२औं महाधिवेसनले स्याङतानलाई नेतृत्व गराउदै नयाँ कार्यसमिति चयन गरेको हो । सन २०२५ नोभेम्बर २३ तारिक सौल दोङ्देमुनमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

 

नवनिर्वाचित टिमको वरिष्ठ उपाध्यक्ष - दावा फिन्जो तामाङ, उपाध्यक्षहरु नुर्बु तामाङ,  आशिष् मोक्तान तामाङ, त्रिचन्द्र तामाङ, महिला उपाध्यक्ष: सुनिता ब्लोन तामाङ, महासचिव - अभिनास तामाङ,सचिव सरस्वती तामाङ,  राजेन्द्र लोप्चन, सागर तामाङ, कोषाध्यक्ष - अञ्जली तामाङ, सह कोषाध्यक्ष-विस्लेष तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा,  सुमन तामाङ,  एन्सिना ग्लान तामाङ,  सुवास तामाङ, सुब्बा सिङ मोक्तान, सुनिल बोम्जन चयन भएको छ । 

 

अधिबेशनले १७ सदस्य रहने गरी कार्यसमिति निर्माण गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष शुभराज बोम्जन रहेको थियो । 

 

अन्तिम अध्यावधिक: 2025-11-25 03:25:15
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस