भत्काइएका संरचनाहरु यथाशीघ्र पुनःनिर्माण होस्‌

2025-12-10 18:35:10 (५ महिना अघि)

   राज्यले लिएको निर्णय कार्यान्वयन गरेरै छाड्यो । त्यसो हुँदा २५–२५ गज सडक भित्र परेका संरचना त भत्काइयो । यतिबेला स्थानीय सरकारले गरेका काममा आम जनमानसबाट वाहवाही पाइरहेको यथार्थ हो । तर, भत्काउनु मात्र ठूलो कुरो रहेन, भत्काइएका संरचनाहरु पुनःनिर्माण गर्नु अझ ठूलो चुनौति रहेको देखिन्छ । मंसिर २० गते शनिबारको दिन झिसमिसे मै करिब ५१३ वटा संरचनाहरु भत्काउन सडक डिभिजन सफल भएको देखिन्छ । फेरि भोलिपल्ट नै सर्वोच्चको आदेश भन्दै सडक भत्काउन सडक डिभिजनले केही दिनको लागि स्थगित भएको भनेर सूचना प्रकाशित गरियो । यसो त्यसो गरेर मेलोमेसो र सरकारी दुनो सोभ्‌mयाउने जस्तो मात्रै देखिएको हो कि भन्ने जनमानसमा आशंका उत्पन्न भएको छ । कहिले भत्काउने निर्णय त कहिले रोकिने । यो दोधारे निर्णयले पक्कै पनि चाँडो निकास दिँदैन नै । कार्यान्वयन गरेपछि त्यसको निष्कर्ष र छिनोफानो गराउने काम सम्बन्धित निकायको हो । 

 शनिबार हेटौंडा क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग र त्रिभुवनराजपथ क्षेत्रमा बनेका पक्की तथा कच्ची घरहरुका लालपूर्जा र नक्सा पास गरिएको प्रमाण अनि हेटौंडा उपमहानगरपालिकालाई तिरेको करको प्रमाण हातमा लिएर घरधनी पीडितहरुले मकवानपुर जिल्ला प्रकाशन कार्यालय घेराउ गरिसकेको अवस्था छ । अर्को तर्पm हेटौंडा उपमहानगरपालिकाले संरचना भत्काउँदा घर जग्गा नरहने अवस्थामा रहेका घरधनी पीडितहरुलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । जुन सम्बोधन उपमहानगरपालिकाको सकारात्मक पहल हो । सडक डिभिजन, हेटौंडा उपमहानगरपालिकाले समन्वय गरेर यथाशीघ्र पुनःनिर्माणमा जोड दिनु पर्छ । उपलब्ध गराइने राहतहरु आम जनमानसले अनुभूति हुने गरी छिटो छरितो रुपमा कार्यान्वयन गरिनुपर्छ ।

 रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य संघसम्म र बुद्धचौकदेखि राप्ती पुलतर्फका दायाँ बायाँ पर्ने 

संरचनाहरु पहिलो दिन ५३१ घरटहरा भत्काइयो । हेटौंडा बजार वरिपरि मात्रै भत्काइएको जस्तो नदेखियोस् । अब बाँकी रहेको संरचनाहरु १०४ किलोमिटर लामो नारायणगढ–हेटौंडा–पथलैया सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले तदारुकता देखाउन जरुरी छ । त्यसो हुँदा आम जनमानसमा समन्वयात्मक भूमिकाको केन्द्र स्थानीय सरकार र सडक डिभिजन कार्यालय हेटौंडा हो भन्ने कुरा विश्वास गर्न सकुन् । विकासको लागि बाधक बनेका भन्ने तत्वहरु या नेताहरुको चुरीफुरीको चाङ भत्काएर भए पनि विकासको मूल फुटाउनको लागि एक्शन लिएपछि गर्न नसक्ने केही रहेनछ भन्ने जिउँदो उदाहरण हामी माझ स्थापित भएर छाड्यो । शनिबारको झिसमिसेमा हेटौंडा बजार भित्र डोजर चलिरहँदा संरचनाहरु भत्कँदा त्यसलाई रोक्नका लागि आन्दोलनको आँट कसैले पनि गरेनन् । र अब उप्रान्त आम जनसमुदायको आकांक्षी यही हो कि घरधनीहरुको उचित मागको सम्बोधन तत्काल होस् । सपनामा भत्काएझैं विपनामा पनि सपनामा जस्तै पुनःनिर्माण पनि चाँडै होस् । फेरि पनि हामी भन्न पाइयोस्, आहा हेटौंडा शहर सुन्दर, शान्त र नमूना हेटौंडा शहर ।

अन्तिम अध्यावधिक: 2025-12-10 18:35:30

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस