कोरियामा गुलेली बनाउने विदेशी डिपोड

2026-01-06 11:44:40 (४ महिना अघि)

सिउल/ दक्षिण कोरियामा गुलेली बनाएको आरोपमा ३ जना विदेशी नागरिक पक्राउ परेको छ । कानुन विपरित गुलेली बनाएको हुनाले देश निकाला प्रकृया अघि बढाईएको स्रोतले दाबी गरेको हो । 

 

छुङ्जु प्रहरीले अवैध रूपमा गुलेली (새총) बनाएको आरोपमा तीन जना विदेशी नागरिकलाई हा`तहति` यार तथा वि´ स्फोट`क नियन्त्रण ऐन उल्लंघन गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ।

 

प्रहरीका अनुसार थाइल्यान्डको नागरिकता भएका अबैधानिक रुपमा बसेका विदेशी ए (४० वर्षे) सहित तीन जनालाई गत महिना २९ तारिख छुङ्जु सहरको छुदक उप क्षेत्रमा पर्ने एक डाँडा नजिकबाट प`क्राउ गरिएको हो। स्थानीय बासिन्दाले “केही विदेशीहरू लामो बन्दु´ क जस्तो वस्तु बोकेर हिँडिरहेका छन्” भनी सूचना दिएपछि प्रहरी घट`नास्थल पुगेको थियो।

 

पक्राउ परेका व्यक्तिहरूले चराको सि´कार गर्न इन्टरनेटमा देखिएको भिडियो हेरेर नक्कली ह`ति` यार निर्माण गरेको बयान दिएका छन्।

 

प्रहरीले उनीहरूबाट रबर, पाँच वटा गुलेली बरामद गरेको छ। ती उपकरणले वास्तविक क्षति पुर्‍याउन सक्ने नसक्ने विषयमा राष्ट्रिय फरेन्सिक विज्ञान संस्थान (국립과학수사연구원) मा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

 

प्रहरीले तीनै जनालाई अध्यागमन कार्यालयको जिम्मा लगाई देश निकाला (जबरजस्ती निर्वासन) प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

अन्तिम अध्यावधिक: 2026-01-06 11:45:02
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस