कोरियाको कम्पनीमा आगलागी, नेपाली कामदार परेको आशंका 

2026-01-31 12:14:35 (४ महिना अघि)

सउल/ सन्जय गुरुङ /

दक्षिण कोरियाको एक कम्पनीमा आगलागी भएको थियो ।‌ २३ बर्षिय नेपाली सम्पर्क बिहिन भएको 충북 음성 स्थित आगलागी भएको कम्पनीको दोश्रो तल्लाको भर्याङमा जलेको अवस्थामा एक शव भेटिएको छ। जलेको शव कसको हो भन्ने पुष्टि हुन बाँकी रहेको श्रोतले जनाएको हो । 

 

दक्षिण कोरियाको 충북 प्रान्तको 음성군 맹동면 मा रहेको एक कम्पनीमा लागेको आ` गलागी स्थलबाट एक जनाको श`व फेला परेको छ।

 

दमकल विभागका अनुसार जनवरी ३१ गते बिहान १२:३९ बजे आ´ गलागीबाट भत्किएको संरचनाको भग्नावशेषभित्र, दोस्रो तलाको सिँढी नजिक अज्ञात व्यक्तिको शव भेटिएको हो । शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको बताइएको छ।

 

प्रहरीले मृतकको पहिचानका लागि राष्ट्रिय फरेन्सिक विज्ञान संस्थामा पो` स्टमार्टमको व्यवस्था गरेको छ।

 

हाल घटनास्थलमा २९४ जना उद्धारकर्मी, ६ वटा हेलिकप्टरसहित ९७ प्रकारका उपकरण परिचालन गरी आगो नियन्त्रण र खोजी कार्य एकसाथ जारी राखिएको छ।

 

उक्त कारखानामा हिजो दिउँसो २:५५ बजे आगलागी सुरु भएको थियो भने करिब ३ घण्टापछि ठूलो आगो नियन्त्रणमा आएको थियो। घटनाका बेला कारखानामा रहेका ८३ जना कर्मचारीमध्ये ८१ जना आपतकालीन घण्टी बज्नासाथ सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

 

तर काजिकिस्तानका नागरिक ६० वर्षीय A र नेपालका २३ वर्षीय B नामका दुई विदेशी श्रमिक अझै सम्पर्कविहीन छन्। भेटिएको शव तीमध्ये कसैको हुन सक्ने आशंका गरिएको छ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस