मकवानपुर जिल्लामा मतदाता कति छन् ?

2026-02-03 15:15:37 (४ महिना अघि)

मकवानपुर जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेकाे छ । २०८२/ २१ फागुनमा हुने प्रतिनिध सभा निर्वाचनकाे लागि ४४ जना उम्मेदवार छन् । र यस जिल्लामा ३ लाख १५ हजार ३३४ जना मतदाता रहेका छन् ।

 

निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार चुनावी मैनादमा छन् । 

क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र पाँच जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाका २,४ ५,६, ७, ८,९,१०,१२,१३, १४, १५, १६, १७ र १८ नम्बर गरी १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा, बागमती र बकैया गाउँपालिकाकाे सवै क्षेत्र पर्छन् ।

 

  क्षेत्र नम्बर २ मा हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् ।

 

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । 

 

महिला मतदाता १ लाख ५३ हजार ३७६, पुरुष मतदाता १ लाख ६१ हजार ९५३ र ५ जना अन्य मतदाता छन् ।   १०२ वटा वडा रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा ४० र २ नम्बर क्षेत्रमा ६२ वटा वडा पर्छन् ।  जिल्लामा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र छन् । 

अन्तिम अध्यावधिक: 2026-02-03 15:16:44
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस