चुनावी रापले तात्यो मकवानपुर

पुराना हस्तीलाई नयाँ अनुहारको चुनौती
2026-02-22 08:16:10 (३ महिना अघि)

 हेटौंडा /मुलुक आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा 'निर्वाचनमय बनेको छ । देशभर निर्वाचनको लहर चलिरहँदा बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लामा चुनावी माहौलले चरम रुप लिएको हो । जिल्लाका दुई निर्वाचन क्षेत्रमा देखिएको उम्मेदवारहरुको दौडधूप र मतदाताको उत्साहले यहाँको राजनीतिक पारो ह्वात्तै बढाएको छ ।

 

दुई क्षेत्र, 88 उम्मेदवारः भिडन्त रोचक

 

निर्वाचन आयोगका अनुसार मकवानपुरका दुई क्षेत्रमा कल ४४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। क्षेत्र नं. १ मा २३ जना र क्षेत्र नं. २ मा २१ जना उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्‌ यस पटकको निर्वाचनमा ठूला दलका अनुभवी नेतादेखि लिएर स्वतन्त्र र युवा उम्मेदवारहरुको बाक्लो उपस्थिति देखिएको छ । क्षेत्र नं. १ मा रोचक भिडन्तको संकेत मकवानपुर-१ मा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका रामेश्वर राना, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' र राप्रपाका दीपक बहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमबीच हुने देखिएको छ । अघिल्लो निर्वाचनमा जित निकालेका सिंहलाई यसपटक आफ्नो विरासत जोगाउन हम्मे हम्मे परेको छ भने नेकपा, एमाले र कांग्रेस आफ्ना बलिया उम्मेदवारसहित विरासत फकाउने दाउमा छन्।

 

क्षेत्र नं २ मा भने एमालेबाट महेश बर्तौला, नेकपाको लवशेर बिष्ट र कांग्रेसको बुद्ध लामा ब्लोनको बेजोड प्रतिपर्धामा छ । महेश बर्तौलाले जितेका पहिलेका विरासत जोगाउने दाउमा छ भने नयाँ दल रास्वपाका प्रशान्त उप्रेती, उज्यालो नेपालको डा. प्रविन स्याङतान, श्रम संस्कृति पार्टी लगाएतले खाता खोल्ने कसरतमा छन्।

 

नयाँ शक्ति र स्वतन्त्रको प्रभाव

 

विगतका निर्वाचनमा ठूला दलको मात्रै प्रभाव रहने मकवानपुरमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव पनि बलियो देखिएको छ । टोल टोलमा पुगेर रास्वपाले गरिरहेको संगठन विस्तार र मतदाता शिक्षाले परम्परागत मत काटिने डरले पुराना दलहरु सशंकित देखिएका छन । त्यसैगरी, जिल्लाका दुबै क्षेत्रमा गरी ७ जना महिला उम्मेदवारहरु मैदानमा हुनुले महिला नेतृत्वप्रतिको बढ्दो आकर्षणलाई संकेत गरेको छ ।

 

मतदाताको चाहना र मुख्य एजेन्डा

 

मकवानपुरका ३ लाख १५ हजार ३३४ मतदाताहरु यस पटक निकै सचेत देखिएका छन्। चुनावी घरदैलोमा पुग्ने उम्मेदवार हरुलाई मतदाताले 'काम गर्नेलाई मात्र भोट भन्दै विकासका स्पष्ट योजना मागिरहेका छन । हेटौडाको औद्योगिक क्षेत्रको विकास, भीमफेदी कुलेखानी सुरुङमार्ग, कृषिमा आधुनिकिकरण, सुकुम्बासी र बेरोजगारी समस्याको समाधान यहाँका मुख्य चुनावी एजेन्डा बनेका छन्‌ ।

 

सुरक्षा र व्यवस्थापन निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरक्षा व्यवस्वा कडा पारेको छ । जिल्लाका १६७मतदान स्थल र ३७४ मतदान केन्द्रहरुमा आवश्यक सुरक्षा कर्मी परिचालन गरिएको छ । निर्वाचन आयोगले उम्मेदवार हरुका लागि अधिकतम ३३ लाख रुपैयाँको खर्च सीमा तोकेको छ भने आचारसंहिता पालनामा विशेष कडाइ गरिएको मुख्य निर्वाचन अधिकतको कार्यालयले जनाएको छ।

 

फागुन २१ नजिकिंदै गर्दा मकवानपुरका चिया पसल देखि सहरका चोकहरुसम्म अबको 'माननीय' को होला भन्ने चर्चा चुलिएको छ । मतदाताको मौनताले कुन उम्मेदवारको पल्ला भारी छ भन्ने ठम्याउन कठिन भए पनि मकवानपुरको चुनाबी माहौलले सिंगो देशकै ध्यान खिचेको छ।

अन्तिम अध्यावधिक: 2026-02-25 16:41:31

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस