

नेपालले सेन्ट्रल सरकार र प्रतिनिधि सभाको आम निर्वाचन फाल्गुन २१ गते (५ मार्च २०२६) मा सम्पन्न गर्न लागेको छ । यो चुनाव सप्टेम्बर २०२५ को “Gen Z आन्दोलन” पछि केन्द्र सरकारको पतनपछि भएको पहिलो ठूलो निर्वाचन हो । चुनावअघि प्रधानमन्त्री सुशीला कार्की ले अन्तरिम सरकारको नेतृत्व गर्दै निर्वाचन सम्पन्न गराइरहेकी छिन् । यो निर्बाचन पछी प्रधानमन्त्री को बन्ला भन्ने आम जनमानसमा कौतुहलता बढेको छ ।
युवाप्रवाह, नयाँ सोच, र परम्परागत राजनितिलाई चुनौती दिने छवि मार्फत धेरै मतदातालाई नया पार्टीहरुले आकर्षित गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी लगायतका नयाँ पार्टीहरुले राजनीतिलाई नयाँ धारमा उछाली रहेका छन । एमाले, काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीहरु भने गणतन्त्र ल्याउने हिमायती रहेको दाबी गरिरहेका छन् ।
सबै प्रमुख अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बालेन्द्र शाह (बालेन) लाई आगामी प्रधानमन्त्रीको मुख्य दाबेदारको रूपमा देखाएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बाट चुनाव लडेका छन् र बालेनको बलियो पक्ष:पहिले काठमाडौंका मेयर रहँदै लोकप्रियता कमाएका छन् । युवा मतदातामा विशेष आकर्षण, राजनीतिक परम्परा भन्दा बाहिरको नेता भनेर चर्चा छन् । तर, उनको सिधै प्रधानमन्त्री नै बन्ने अवस्था निर्वाचनको नतिजा र गठबन्धनमा निर्भर हुनेछ ।
नेपालको संसदीय प्रणालीमा संविधान अनुसार धेरै सिट ल्याउने पार्टी वा गठबन्धनले प्रधानमन्त्री बनाउने हक राख्दछ । प्रत्यक्ष जनमतबाट कुनै एक पार्टीको बहुमत आएको अबस्थामा सरकार बहुमतको सरकार गठन हुनेछ तर कुनै पार्टीको बहुमत प्राप्त नभएको खण्डमा गठबन्धनबाट प्रधानमन्त्री चुनिन्छ ।
त्यसैले यदि कुनै पुरानो पार्टीको गठबन्धन (जस्तै UML, कांग्रेस वा अन्य) धेरै सिट जित्छ भने, सम्भावना छ कि उनीहरू मिलेर नयाँ प्रधानमन्त्री छान्न सक्छन् । निर्बाचित भएमा यो गठबन्धनले केपी शर्मा ओली र गगन थापाको प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि गठबन्धन हुन सक्छ । त्यसोहुदा पुष्पकमल दाहाल प्रचण्ड, माधब नेपाल, रबि लामिछानेको प्रधानमन्त्रि हुने प्रबल छ । तर उनीहरुलाई पनि आफ्नो क्षेत्रमा निर्बाचित भएर आउनु पर्छ ।
यसअघि चर्चामा रहेका शीर्ष नेताहरूसँगै अब दुई लोकप्रिय सार्वजनिक व्यक्तित्व—कुलमान घिसिङ र हर्क साम्पाङ—को सम्भावना पनि चर्चा हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेर चर्चित बनेका प्रशासक कुलमान घिसिङको सुशासन र परिणाममुखी नेतृत्वको छवि, जनस्तरमा अत्यधिक लोकप्रियता, ऊर्जा क्षेत्रमा ठोस उपलब्धिले उज्यालो नेपाल पार्टीले पनि सरकारको लिडिङ गर्ने क्षमता राख्दछ । अझ जनसहभागितामूलक विकास मोडेल, वैकल्पिक राजनीति र स्वतन्त्र छवि, युवामाझ लोकप्रिय रहेको धरान उपमहानगरपालिकाका मेयर, स्वतन्त्र र जनआन्दोलन शैलीका नेता हर्क साम्पाङको चर्चा उचईमा छ ।
यदि कुनै दलले “टेक्नोक्र्याट प्रधानमन्त्री” को कार्ड खेल्यो र उनी स्वयं चुनावी राजनीतिमा आए भने सम्भावना खुल्न सक्छ। तर हालको अवस्थामा प्रत्यक्ष प्रधानमन्त्री बन्ने सम्भावना न्यून देखिन्छ।
समग्र शक्ति–सन्तुलनमा बलियो संगठन र उच्च सम्भावना स्तर केपी ओली (एमाले), पुस्तान्तरण र सुधारवादी छवि गगन थापा (कांग्रेस), गणतन्त्रका पिता, गठबन्धनमा कौशल प्रचण्ड(नेकापा), स्वतन्त्र लोकप्रियता, नयाँ लहर, नयाँ शक्तिका रवि लामिछाने र बालेन शाह ( RSP निर्णायक), (टेक्नोक्र्याट कार्ड) सुशासन छवि कुलमान घिसिङ(उज्यालो नेपाल), स्वतन्त्र लहर श्रम–आधारित जनसहभागितामूलक विकास मोडेलका चर्चित हर्क साम्पाङ (श्रम संस्कृति पार्टी)को पनि चर्चा सुरु भएको छ । बहुमत मत आउने स्थिति नबनेको खण्डमा सबै दललाई मिलाएर लान सक्ने गठबन्धनको माहिर प्रचण्ड नै प्रधानमन्त्रिको मुख्य दाबेदार हुन सक्ने आम जनमानसको आकलन रहेको छ ।
अन्ततः, नेपालमा प्रधानमन्त्री पद लोकप्रियता मात्र होइन, संसदीय गणितले तय गर्नेछ ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५