मनहरी इलाका प्रहरीले हात्ती गाडीमा के भेटियो ?

2026-03-24 21:29:52 (२ महिना अघि)

मनहरी/ मकवानपुरको मनहरीमा प्रहरीले ठूलो हात्ती गाडी  नियन्त्रणमा लिएको छ । हरियाली सामुदायिक जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा आउँदै गरेको बा.१३ च २०१४ नम्बरको हात्ती गाडीलाई जाँच गर्दा १७१ किलो भन्दा बढी गाँजा फेला परेको छ।

गाडी चालक राक्सिराङ गाउँपालिका–४ सिमथाकका २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राक्सिराङबाट पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको गाडीमा २७ प्याकेट गाँजा लुकाइएको थियो।

मनहरी प्रहरीले यो ठूलो परिमाणको गाँजा बरामद गरी लागुऔषध ओसारपसार विरुद्धको अभियानमा महत्वपूर्ण सफलता हात पारेको छ। अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । तर गाँजा खेतीलाई बैधानिक बनाउनु पर्छ भन्ने जोडदार माग जनप्रतिनिधिहरु रहेको छ ।

अन्तिम अध्यावधिक: 2026-03-24 21:36:31
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस