

परम्परागत राजनीतिमा आश्वासनका "भजन" गाउने चलन थियो, तर बालेन शाहले त्यसलाई "एक्सन" मा बदलिदिए। एउटा इन्जिनियरको दृष्टिकोण र युवाको जोस बोकेर महानगरको बागडोर सम्हालेका बालेनले 'सिस्टम' सुधारका लागि जुन साहस देखाए, त्यसले उनलाई एउटा महानगरको मेयर मात्र नभई राष्ट्रिय आशाको केन्द्र (प्रतीकात्मक प्रधानमन्त्री) का रूपमा उभ्याएको छ। कानुनको शासन र सुशासनमा सम्झौता नगर्ने उनको शैलीले आम नागरिकमा राज्यप्रति भरोसा जगाएको छ।
रास्वपाको उदय नेपाली राजनीतिको इतिहासमा एउटा रोचक र उत्साहजनक मोड हो। पुराना दलहरूको सिन्डिकेट र भ्रष्टाचारबाट वाक्क भएका जनताका लागि रास्वपा एउटा 'सेफ्टी भल्भ' बनेर आएको छ। संसद्मा तर्कपूर्ण बहस र डेलिभरीमा आधारित राजनीतिको वकालत गरेर यसले नयाँ मानक स्थापित गरेको छ। नीति र विधिमा आधारित यो राजनीतिले देशलाई समृद्धिको दिशामा लैजाने अपेक्षा गरिएको छ।
यो जित र लोकप्रियतासँगै उत्तरदायित्वको पहाड पनि थपिएको छ। सेकेण्ड कमिङ्ग को दृष्टिकोणमा अबका चुनौतीहरू पार गरोस भन्ने शुभेक्ष्य हो:
नेपाली राजनीतिमा देखिएको यो पुनरागमनले एउटा स्पष्ट सन्देश दिएको छ—अबको राजनीति केवल पदका लागि होइन, परिणामका लागि हुनुपर्छ। बालेन शाह र रास्वपाले बालेको यो आशाको दियोलाई मर्न नदिनु उनीहरूको मात्र होइन, हामी सचेत नागरिक र सञ्चार जगतको पनि दायित्व हो।
परिवर्तनको यो महाअभियान सफल रहोस्। सबैमा हार्दिक शुभकामना!
सेकेण्ड कमिङ्ग सम्पादकीय समूह

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५