

गाउँपालिकाले एक सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक र योग्य युवाहरूबाट आवेदन माग गरेको छ।
अवधि: ६५ दिन (कुल ३९० घण्टा)
आवेदन दिने अन्तिम मिति: २०८२ चैत १९ गतेसम्म (कार्यालय समयभित्र)
कहाँ दिने: मकवानपुरगढी गाउँपालिकाको कार्यालय।
१. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
२. नेपाली नागरिकताको प्रतिलिपि (१८ वर्ष उमेर पूरा भएको हुनुपर्ने)।
३. विवाह वा बसाइँसराइ गरी आएको भए सोको प्रमाण पत्र।
४. सामान्य लेखपढ गर्न जान्ने।
५. तालिम अवधिभर पूर्ण समय बस्ने प्रतिबद्धतासहितको निवेदन।
गाउँपालिकाका अनुसार आवेदन दिनेहरूको संख्या धेरै भएमा अन्तर्वार्ताको माध्यमबाट सहभागी छनौट गरिनेछ। तालिम पश्चात् व्यवसायिक सोच भएका र सीपलाई सदुपयोग गर्न सक्ने युवाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि गाउँपालिकाको योजना शाखा वा सूचनामा उल्लेखित फोन नम्बरहरू ९८५५०६९९९८, ९८५५०११७१५, वा ९८४५०५७३०२ मा सम्पर्क गर्न सकिनेछ।


लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५