

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले वर्तमान सरकार र गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। उनले गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै अरूतिर मात्र आँखा नलगाउन र सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिबी राईलाई विदेशबाट ल्याएर कानुनी कठघरामा उभ्याउन आग्रह गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्:
“यो सरकार र गृहमन्त्रीले अरु तिर हेर्दै गर्दा जिबी राई लाई प'क्रेर ल्याउनुपर्छ र ठगीको आरोपमा जेल भुक्तान गरिसकेका आफ्नै पार्टी सभापति रवि लामिछाने निर्दोष हुन् कि दोषी—यो टुङ्गो लगाइदिनुपर्छ!”
उनले थप अगाडि भनेका छन्, “अब स'हकारी पी'डितलाई पै'सा बाँड्ने दिन आउन धेरै बाँकी छैन है!”
मेयर साम्पाङले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई कारबाहीको दायरामा नल्याएसम्म पीडितहरूले न्याय नपाउने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारमा रास्वपाका नेता सुधन गुरुङ गृहमन्त्री बनेपछि साम्पाङको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी आफ्नै पार्टीका सभापति जोडिएको मुद्दामा गृहमन्त्रीले कस्तो कदम चाल्छन् भन्ने विषयमा साम्पाङले दबाब बढाएका हुन् ।
सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिले समेत प्रश्न उठाएको सन्दर्भमा साम्पाङको यो कडा टिप्पणीले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।
१
२
३
४
५