

बैंकिङ क्षेत्रको प्रारम्भिक तथ्याङ्कअनुसार करिब १ करोड वटा निष्क्रिय खाताहरूमा झन्डै १६७ अर्ब रुपैयाँ थन्किएर बसेको छ ।
सरकारले आगामी ९० दिनभित्र सबै बैंक र वित्तीय संस्थाहरूबाट यस्ता खाताको विवरण संकलन गरी कानुनी प्रक्रिया पूरा गरेर रकम स्थानान्तरण गर्ने लक्ष्य राखेको छ । यसका लागि आवश्यक कानुनी र प्राविधिक तयारीलाई तीव्रता दिइएको सरकारी स्रोतले जनाएको छ ।
सरकारले यो रकम ढुकुटीमा ल्याए पनि सर्वसाधारणको निक्षेप भने सुरक्षित रहने स्पष्ट पारेको छ। यदि भविष्यमा कुनै पनि समयमा सम्बन्धित व्यक्ति वा निजको कानुनी हकदार उचित प्रमाण र कागजातसहित आएमा उक्त रकम प्रक्रिया पुर्याएर फिर्ता दिइने व्यवस्था समेत मिलाइनेछ
अनुत्पादक पूँजीको परिचालन: बैंकहरूमा मृत अवस्थामा रहेको ठुलो परिमाणको पूँजीलाई विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनामा लगाउने सरकारको उद्देश्य छ ।
पारदर्शिता: वर्षौँदेखि दाबी नभएका खाताहरूमा हुनसक्ने सम्भावित वित्तीय जोखिम र दुरुपयोग रोक्न यो कदम चालिएको बताइएको छ ।
हालको 'बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन' (बाफिया) अनुसार २० वर्षसम्म दाबी नपरेको रकम मात्र राष्ट्र बैंकको कोषमा जाने व्यवस्था छ । तर, वर्तमान सरकारले विशेष कानुनी प्रक्रियामार्फत १० वर्षमै यो रकम सरकारी कोषमा ल्याएर उपयोग गर्ने साहसिक निर्णय लिएको हो ।
१
२
३
४
५