

निसानामा ठुला ओहोदाका व्यक्ति: यदि जनप्रतिनिधि, कर्मचारी वा शिक्षकहरूको घरमा वा संलग्नतामा गाँजा र अफिम खेती भेटिएमा उनीहरूलाई कुनै पनि हालतमा नछोडिने प्रजिअको स्पष्ट संकेत छ। समाजमा गम्भीर असर: लागूऔषधकै कारण राक्सिराङ क्षेत्रका ३०० भन्दा बढी युवाहरू हाल जेलमा रहेको तथ्य बाहिर ल्याउँदै उनले यसले सिंगो पुस्ता र भविष्य बर्बाद पारिरहेको चिन्ता व्यक्त गरे। ट्रयाक्टरको दुरुपयोग रोक्न निर्देशन: खेती किसानीका लागि सरकारले दिएका ट्रयाक्टरहरू गाँजा र अफिम ओसार्न प्रयोग भइरहेको पाइएकाले त्यसो नगर्न उनले कडा चेतावनी दिएका छन्। विकल्पमा कृषि र पर्यटन: प्रजिअ अधिकारीले अवैध खेती छोडेर व्यावसायिक कागती खेती, तरकारी खेती र अर्ग्यानिक उत्पादनमा लाग्न स्थानीयलाई आग्रह गरे। साथै, पर्यटन प्रवर्द्धनका लागि होमस्टेहरू सञ्चालन गर्न कानुनी बाटो रोज्न समेत उनले सुझाव दिए।
"भोलिका दिनमा मुद्दा परेपछि 'मैले त लगाएको मात्रै हो' भनेर रोइलो नगर्नुहोला। यो मेरो अन्तिम चेतावनी हो।" - प्रजिअ बसन्त अधिकारी
१
२
३
४
५