

कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न मण्डलीका पादरी, अगुवा, विश्वासी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिरामीहरूको उपचारमा रगतको अभाव नहोस् र जीवनदान दिने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
मकवानपुर पादरी संघका प्रतिनिधिहरूका अनुसार, येशू ख्रीष्टको प्रेम र त्यागलाई स्मरण गरिने दिनमा मानवीय सेवाको कार्य गर्न पाउनु गौरवको कुरा हो। आयोजकले भने:
"रक्तदान मानवताको सेवा गर्ने सबैभन्दा पवित्र माध्यम हो। हामी आगामी दिनहरूमा पनि यस्ता सामाजिक र मानवीय कार्यहरूलाई निरन्तरता दिनेछौँ।"
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न चर्चका अगुवाहरू, सहयोगी संस्थाहरू र प्राविधिक टोलीलाई संघले आभार व्यक्त गरेको छ। साथै, आफ्नो अमूल्य रगत दान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई आयोजकका तर्फबाट विशेष धन्यवाद समेत दिइएको छ।
१
२
३
४
५